प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु : प्रधानमन्त्री दाहाल

पुस १०, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न लागेको बताएका छन् । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले यसै साता प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न लागेको जानकारी दिएका हुन् ।

कस्तो संरचनात्मक परिवर्तन गर्न लागेको हो भन्ने कुरा उल्लेख भने प्रधानमन्त्री दाहालले गरेनन् । उनले भने, 'यसै साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु । सिंगो राज्यका लागि यो एउटा संकेत र सन्देश हुनेछ ।'

प्रधानमन्त्री दाहालले अब निर्धारित पूर्वकार्यक्रमबाहेक सार्वजनिक कार्यक्रममा नजाने घोषणा गरेका छन् । उनले नयाँ नीति तथा कार्यक्रम, बजेट निर्माणमा लाग्ने स्पष्ट पारेका छन् । उनले विकास र सुशासनका पक्षमा आफूले पहल लिन लागेको बताएका छन् । विकास र सुशासनमा देखिएका समस्या समाधानका लागि कदम चाल्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

दाहाल सरकारको एक वर्ष

कान्तिपुर

Link copied successfully