काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले अब विश्वविद्यालयमा राजनीतिक भागबन्डा नगर्ने प्रतिबद्धता जनाएका छन् । सरकार बनेको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अब इमानदार र दक्ष व्यक्तिलाई विश्वविद्यालमा लैजाने बताए ।
'विश्वविद्यालय सुधार्न राजनीतिक भागबन्डा हुने छैन । अब विश्वविद्यालयमा इमानदार र मेरिटोक्रेसीलाई ध्यान दिइनेछ । यसको सुरूवात त्रिभुवन विश्वविद्यालयबाटै गरिनेछ' प्रधानमन्त्री दाहालले भने ।
उनले शिक्षाको गुणस्तर सुधार्न बहुआयामिक कदम चाल्ने बताए । 'विद्यालयलाई राजनीतिक क्रिडास्थल बनाउदिइने छैन' प्रधानमन्त्रीले भने ।
