घाइतेको जीवनरक्षा सरकारको पहिलो दायित्व : उपप्रधानमन्त्री खड्का

कार्तिक १८, २०८०

कान्तिपुर संवाददाता

सुर्खेत — उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताएका छन् । शनिबार सुर्खेतमा उनले भूकम्पबाट घाइतेको जीवनरक्षा नै पहिलो दायित्व भएको बताउँदै त्यसका लागि सम्पूर्ण स्रोत र साधान परिचालन गरिएको जानकारी दिए । 

खड्काले घाइतेहरूको उपचारका लागि काठमाडौंबाट कर्णाली पुगेका नेपाली सेनाको स्काइ ट्रक र एमआई–१७ हेलिकोप्टरलगायत तीन वटा हेलिकोप्टर उद्धार तथा राहतमा प्रयोग भइरहेको जानकारी दिए  । उनले भने, 'हाम्रो पहिलो प्राथमिकता घाइतेको उद्धार गरी अस्पताल पुर्‍याउनु हो । त्यसपछि राहत वितरणको कामका लागि नेपाली सेनालगायतको सम्पूर्ण जनशक्ति परिचालन गरिएको छ ।'

प्रधानमन्त्री पुष्पकमल दाहालसँगै सम्पूर्ण रूपमा सरकार भूकम्प पीडित र प्रभावितको उद्दार र राहतको कार्यमा संलग्न रहेको उपप्रधानमन्त्री खड्काको भनाइ थियो । 

जाजरकोट भुकम्प

कान्तिपुर

Link copied successfully