नेपालगन्ज — भूकम्पमा परी घाइते भएका एक युवाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । नलगाड नगरपालिका–१ जाजकोटका ३३ वर्षीय टेकबहादुर पुनको भेरी अस्पताल पुगेलगत्तै मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताए ।
उपचारका लागि हेलिकप्टरमा ल्याइएका पुनलाई भेरी अस्पतालमा पुगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । अहिलेसम्म अस्पतालमा २६ जनाको उपचार भइरहेको छ ।
भेरी अस्पतालमा भूकम्पका कारण घाइते बिरामीको उपचारका लागि डेडिकेटेड अस्पतालका रूपमा स्थापना गर्ने निर्णय गरिएको छ ।
