जाजरकोटमा नलगाडकी उपमेयर सिंहसहित २० को मृत्यु

कार्तिक १८, २०८०

महेश केसी

रुकुम — जाजरकोट भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाका अनुसार अहिलेसम्म २० जनाको ज्यान गएकोको खबर प्राप्तको बाँकी विवरणहरु आइरहेको छ ।

११ जनालाई  जिल्ला अस्पतालले मृत घोषणा गरिसकेको छ । नलगाड नगरपालिकाकी उपप्रमुखको सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको हो । उनी गत चुनावमा कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

 जाजरकोट भुकम्पका  सबै अपडेटहरु हेर्न यहाँ क्लिक गर्नुहोस् 

जाजरकोट भुकम्प

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully