रुकुम — जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी रुकुमको सानीभेरीमा ५ जनाको मृत्यु र १० जना घाइते भएको विवरण आएको छ । जिप्रकाका सुचना अधिकारी इन्सपेक्टर धर्मेन्द्र खड्काका अनुसार क्षतिको विवरण आउने क्रम जारी छ ।
कान्तिपुरका जिल्ला संवाददाताहरुबाट शनिबार राती २ बजेसम्म संकलन गरिएको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।
सानीभेरीको मृत्यु र घाइतेको हालसम्मको विवरण
