ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न २९० जनाविरुद्ध मुद्दा दायर

भाद्र १०, २०८०

मातृका दाहाल

काठमाडौँ — ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार उनीहरूमाथि किर्तेमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अभियोजन गर्ने निर्णय गरी अदालत गएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २८६ जनाविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो । तर सरकारी वकिलले किर्तेमा मात्र मुद्दा चलाएको हो । ब्युरोले  दुवै मुद्दा चलाउन राय दिएको थियो । तर संगठित अपराधमा प्रमाण नपुग्ने भन्दै सरकारी वकिल  कार्यालयले किर्तेमा मात्र मुद्दा चलाउने निर्णय गरेको हो । 

ललिता निवास

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully