ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका दाङका सीडीओ वैद्यलाई मन्त्रालय तानियो 

भाद्र १०, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा जोडिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गृहमन्त्रालयमा तानिएको छ । मन्त्रालयले प्रजिअ वैद्यलाई मन्त्रालयको जगेडामा राखेको हो । 

मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न रहेको  आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पनि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

ब्युरोले राय दिएपछि उनलाई मन्त्रालयमा तानिएको हो । उनीसहित हिनामिना प्रकरणमा संलग्न सबैलाई आइतबार अदालतमा मुद्दा तयार गर्ने तयारी छ ।

ललिता निवास

कान्तिपुर

Link copied successfully