सञ्चारसचिव राउत र गृहका सहसचिव वैद्यविरुद्ध पनि किर्तेमा मुद्दा

भाद्र १०, २०८०

मातृका दाहाल

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सहसचिव सुशील वैद्यमाथि बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणमा किर्ते गरेको अभियोगमा मुद्दा चलाइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा दर्ता गरेको सूचीमा उनीहरुको पनि नाम छ । सरकारी पदमा हाल बहाल रहेका उनीहरू नै सबैभन्दा उपल्लो तहका अधिकारी हुन् । सचिव राउतले २०६६ सालमा जग्गाको सट्टाभर्नामा टिप्पणी उठाएका थिए । त्यही टिप्पणीमार्फत भूमाफियालाई जग्गा दिइएको थियो । 

सहसचिव वैद्यमाथि मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पनि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको थियो । त्यसपछि उनलाई गृह मन्त्रालयमा तानिएको थियो । उनी दाङका प्रमुख जिल्ला अधिकारी थिए । 

ललिता निवास

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully