काठमाडौँ — नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानबिन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानबिन समिति बनाउन सकिने बताएका छन् ।
नयाा बानेश्वरस्थित सोमबार संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसाग कुराकानी गर्दै उपमहासचिव शर्माले सुन तस्करी प्रकरणको जालो पत्ता लगाउन सरकार लागिपरिरहेको बताएका छन् । उनले सरकारको छानबिन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै उच्चस्तरीय छानबिन समिति बनाउन सकिने बताए ।
उनले अहिलेको अवस्थामा सरकारले गरेको छानबिनलाई सहयोग गर्नुपर्नेसमेत बताए ।
बरु सरकारलाई निश्चित समयभित्र छानबिन गरिसक्नुस् भने समय तोक्न भने सकिने उनको भनाइ थियो । ‘संसद् ठप्प पार्नुहुादैन । संसद् खोल्नुपर्छ । धेरै इस्युहरू छन् यतिबेला । ती इस्युहरूलाई यहाा उजागर गर्नुपर्छ । हामीले प्रतिपक्षी दललाई बारम्बार के अनुरोध गरेका छाौ भने यो संसद् खोल्नका लागि सहजीकरण गर्नुहोस् । मन्त्रीहरूको जवाफ सुनाौ । उहााहरूको जवाफ सुनेर हामी अगाडि बढाौ भनेर सरकारको तर्फबाट भनिराखेका छौं,’ उनले भने, ‘सभामुखले भनिरहनुभएको छ । हाम्रो तर्फबाट संसद् खोल्न दिनदिनै पहल भइराखेको छ । प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतालाई भेटिराख्नु पनि राख्नुभएको छ । छलफल पनि भइरहेको छ । हामी छिटोभन्दा छिटो संसद खोल्न चाहान्छाौ । सरकारले पक्रिसकेपछि त्यसलाई कसरी यो सुन आइरहेको छ भनेर जालो पत्ता लगाउादै छ त । त्यो छानबिनको रिपोर्ट आइसकेपछि चित्त नबुझ्दा, आवश्यक पर्दा, अधुरो हुादा भोलि उच्चस्तरीय समिति बनाएर थप छानबिन गर्न पनि आवश्यक होला । तर अहिले छानबिन प्रक्रियालाई सबैले मद्दत गर्नु नै राम्रो हो नि ।’
उनले संसद्मा धेरै विषयहरूमा छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै संसद् ठप्प पार्ननहुने बताए । उपमहासचिव शर्माले सरकारको तर्फबाट संसद् खोल्नका लागि पहल भइरहेको समेत बताए ।
