क्विन्टल सुन तस्करी प्रकरण : ठमेलबाट बेल्जियन नागरिक दावा छिरिङ पक्राउ

श्रावण १४, २०८०

मातृका दाहाल

काठमाडौँ — राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा काठमाडौंको ठमेलस्थित भियाना होटलबाट शनिबार राति तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र हुन् ।

उनी यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए । स्रोतका अनुसार उनको नेपालका केही उच्च नेताहरुसँग राम्रो हिमचिम छ । पछिल्लो पटक सुन तस्करी गिरोहसँगसमेत छिरिङको सम्पर्क रहेको देखिएकोले पक्राउ गरिएको विभाग स्रोतले जनाएको छ ।

यसैबीच शनिबार राति टोखाको एक प्रिफ्याब हाउसमा छापा मारेर विभागले केही सामान बरामद गरेको छ । सुन पगालेर अरु नै वस्तुको स्वरुपमा भारत लैजान प्रयोग गरिएको हुन सक्ने टोखामा भएको छापाबाट खुलेको छ ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully