ललिता निवास जग्गा प्रकरण : नापीका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ

श्रावण ७, २०८०

मातृका दाहाल

काठमाडौँ — ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका नापी कार्यलयका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले उनलाई आइतबार पक्राउ गरेको जानकारी दिए ।

आइतबार पक्राउ परेका श्रेष्ठले अमिन हुँदा सरकारी  जग्गा व्यक्तिको भनेर नापजाँच गरेका थिए ।  यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत हालसम्म १९ जना पक्राउ परिसकेका छन् । 

ललिता निवास

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully