कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

ललिता निवास जग्गा प्रकरण : नापीका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ

मातृका दाहाल

काठमाडौँ — ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका नापी कार्यलयका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले उनलाई आइतबार पक्राउ गरेको जानकारी दिए ।

ललिता निवास जग्गा प्रकरण : नापीका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ

आइतबार पक्राउ परेका श्रेष्ठले अमिन हुँदा सरकारी जग्गा व्यक्तिको भनेर नापजाँच गरेका थिए । यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत हालसम्म १९ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित : श्रावण ७, २०८० १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?