कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

हातले टेकेर ७७ सिँढी ओर्लने कीर्तिमान

काठमाडौँ — नेपाल आर्मीका हरिचन्द्र गिरीले तीन पटक गिनिज वर्ल्ड रेकर्डस्मा नाम लेखाइसके । यस पटक फेरि नयाँ शीर्षकमा गिनिज वर्ल्ड रेकर्डस्मा दाबी प्रस्तुत गरिसकेका छन् ।

हातले टेकेर ७७ सिँढी ओर्लने कीर्तिमान

नयाँ काम गरेर आफूलाई विश्वमाझ चिनाउन प्रयत्नरत उनी साहसिक काम गर्न रुचाउँछन् । यसैक्रममा उनले बुढानीलकण्ठको जाम्चेन विजय स्तूपको भर्‍याङका ७७ सिँढी हातले टेक्दै ओर्लिएर विश्व रेकर्ड राखेका छन् ।

गिरीले हात मात्रै टेकेर २५.०३ सेकेन्डमा भर्‍याङका खुड्किला ओर्लिएका हुन् । उनले केही साताभित्रै गिनिज वर्ल्ड रेकर्डस्बाट आधिकारिक सर्टिफिकेट हात पार्नेछन् । दाङ स्थायी घर भएका गिरी विगत ९ वर्षदेखि नेपाल आर्मीमा आबद्ध छन् । उनले २०७७ मा ‘आर्मी गट् ट्यालेन्ट’ जितेबापत ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

यसअघि गिरीले तीनवटा शीर्षकमा गिनिज वर्ल्ड रेकर्डस्मा नाम लेखाइसकेका छन् । खुट्टाको बीचमा बल राखेर हातले टेकेर हिँड्ने शीर्षकमा उनले ४.४९ सेकेन्डमा १० मिटर पार गरेर पहिलो विश्व रेकर्ड राखेका थिए । यही शीर्षकमा ५० मिटर दूरी उनले २५.५८ सेकेन्डमा पार गरेर दोस्रो विश्व रेकर्ड राखेका थिए । यस्तै भर्‍याङका खुड्किला हातले टेक्दै ओर्लिने शीर्षकमा १२.६५ सेकेन्डमा ५० खुड्किला पारेर गरेर तेस्रो विश्व रेकर्ड राख्न सफल भइसकेका छन् ।

प्रकाशित : जेष्ठ १७, २०८० ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?