कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कन्सर्टमा झुमे तन्नेरी

विराटनगर — विराटनगरको हाटखोला मैदानमा एनसेल आजियाटा लिमिटेडद्वारा शनिबार साँझ आयोजित कन्सर्टले कोशी प्रदेशका सयौं युवायुवतीलाई झन्डै आठ घण्टा झुमाएको छ । उनीहरूले चर्चित कलाकार तथा सांगीतिक समूहको प्रस्तुतिमा गाउँदै र नाच्दै मनोरञ्जन लिए ।

कन्सर्टमा झुमे तन्नेरी

गायक दीपक वज्राचार्य एन्ड रिदम ब्यान्डदेखि आशिष राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनील पण्डितले आ–आफ्ना प्रस्तुतिका साथ दर्शकलाई मन्त्रमुग्ध पारे । कलाकार केकी अधिकारीको नृत्यले कन्सर्टमा उनको गृहनगरका दर्शकमा रौनकता थप्यो ।

उखरमाउलो गर्मीको प्रवाह नगरी सांगीतिक कार्यक्रममा झुमेका कोशी प्रदेश राजधानीका हजारौं दर्शकको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो । उनीहरू अस्मिता अधिकारी र सुनील पण्डितका गीति प्रस्तुतिमा मस्तले नाचेका थिए । द एलिमेन्ट्सको प्रस्तुतिले दर्शकहरूमा झनै ऊर्जा थपिदिएको थियो । द एलिमेन्ट्सले ऊर्जा, सपनाको मायालु, बिर्सिने हौ कि लगायतका आफ्ना हिट गीतका साथ दर्शकलाई संगीतमा डुबाउँदै झुमायो । ‘धोकेबाज हौ तिमी, क्यादामी भो, पिलायो साथीले’ जस्ता लोकप्रिय गीत प्रस्तुत गरेका युवायुवतीका चर्चित गायक शिव परियारले विराटनगरवासीलाई उफार्न सफल भएका थिए ।

त्यस्तै, लाउरेको नेपहपको बाटो, दुई रुपैयाँ, बिरामी जस्ता र्‍याप गीतले सांगीतिक कार्यक्रम झनै तताएको थियो । दीपक वज्राचार्य एन्ड रिदम ब्यान्डको ‘मन मगन’, ‘कालीकाली हिस्सी परेकी’, ‘मायाको डोरी’ लगायतका चर्चित गीतको प्रस्तुतिले महानगर संगीतमय बन्यो । ‘रमाऔं सधैं सँगै’ भन्ने थिमका साथ आयोजना गरिएको कार्यक्रमले विराटनगरका आफ्ना ग्राहकलाई मनोरञ्जन प्रदान गर्दै देश, विदेशमा रहेका सबै नेपालीसँग फेसबुक लाइभमार्फत जोडिएर खुसी साटासाट गर्न सफल भएको एनसेलले जनाएको छ । ग्राहक सुविधाका लागि कार्यक्रमस्थलमा एनसेल तथा विभिन्न फुड स्टल राखिएका थिए ।

प्रकाशित : जेष्ठ १५, २०८० ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?