‘प्रतिवेदन बुझाए पनि थप व्यक्तिमाथिको अनुसन्धान जारी रहन्छ’

जेष्ठ ८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म प्रमाण भेटिएकाहरुको अनुसन्धान प्रतिवेदन बुझाए पनि थप व्यक्तिहरुमाथिको अनुसन्धान जारी रहने बताएका छन् । ३३ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएपछि एसएसपी कार्कीले थप अनुसन्धान नरोकिने बताए ।

'अनुसन्धानको क्रममा वस्तुनिष्ठ कारण र  तथ्य  भेटिए फेरि पनि मुद्दा अघि बढ्छ । हामीले अनुसन्धानको काम अझै जारी राख्छौं,' उनले सञ्चारकर्मीहरुसँग भने । अहिले कसुरदार देखिएकाहरुको हकमा प्रतिवेदन पठाइएको उनले जानकारी दिए । यो प्रकरणमा अन्य व्यक्तिहरु पनि जोडिएको हुन सक्ने प्रहरीको आशंका छ ।

'यस मुद्दामा कसुरदार ठहरिएकाको हकमा अहिले मागदाबी गर्ने हो । अहिले वस्तुनिष्ठ प्रमाण नभएको अवस्थामा पछि पनि मुद्दा लाग्ने गरी हामीले काम गरेका छौं,' उनले भने । उनका अनुसार यो मुद्दामा उजुरीकर्ताको दाबीको आधारमा २७ करोड बिगो माग गर्ने सकिने राय प्रहरीले दिएको छ ।

नक्कली शरणार्थी प्रकरण

कान्तिपुर

Link copied successfully