नक्कली भुटानी शरणार्थी प्रकरणमा गगन थापाको टिप्पणी : कानुन भन्दा माथि कोही हुँदैन

वैशाख २१, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा ठगी गिरोहको भीआईपी जालो उजागर भएको भन्दै गृह प्रशासनको प्रशंसा गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले सो प्रकरणमा अझै गहिरो अनुसन्धान र संलग्न जोसुकै, जेसुकै ओहदा र शक्तिको भए पनि कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन् । 

उनले यो ठगी प्रकरण घटना नभएर प्रवृत्तिको रुपमा देखा परेको बताए । 

'नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा 'ठगी  गिरोहको भीआईपी जालो' उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ,' उनले लेखेका छन्, 'यो घटना होइन प्रवृत्ति हो ।अझै गहिरोसँग अनुसन्धान होस् ।कोही नछुटून् । संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानुन भन्दा माथि कोही हुँदैन ।'

कान्तिपुर

Link copied successfully