प्रतिनिधिसभा र प्रदेशसभा चुनावको अन्तिम परिणाम सार्वजनिक- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा र प्रदेशसभा चुनावको अन्तिम परिणाम सार्वजनिक

प्रतिनिधिसभाको प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई बुझाइने, प्रदेशसभाको परिणाम पुस २ गते प्रदेश प्रमुखहरुलाई बुझाइने
कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम आयोगले तीन सातापछि सार्वजनिक गरेको हो । 

प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गरेको हो ।

आयोगले बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले जानकारी दिए । प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष बुझाएपछि राजपत्रमा प्रकाशित हुनेछ ।

प्रकाशित : मंसिर २८, २०७९ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्

देउवालाई पौडेलको आग्रह- ‘संसदीय दलको नेतामा मेरो नाम प्रस्ताव गर्नुस्’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्नका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा नेता पौडेलले पार्टीको संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गरिदिन आग्रह गरेका हुन् ।

पौडेलले पार्टी र देशकै परिस्थिति अनुकूल नभएको र पार्टीको महाधिवेशनमा पनि आफूले पूर्ण रुपमा साथ दिएको भन्दै संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्न अनुरोध गरेका हुन् ।

पार्टीमा आफूले पनि सभापति देउवाजत्तिकै योगदान गरेकाले संसदीय दलको नेतामा आफू निर्वाचित भए पार्टीपंक्ति र सबैमा राम्रो सन्देश जाने उनले बताएका थिए ।

सभापति देउवाले भने निर्वाचनको अन्तिम मतपरिणाम नआइसकेकाले त्यसबारे छलफल गरेर अघि बढ्नुपर्ने बताए । ‘अझै निर्वाचनको अन्तिम परिणाम आइसकेकको छैन । साथीहरूसँग अझै छलफल गरौं ।’

प्रकाशित : मंसिर २८, २०७९ १३:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×