कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समानुपातिकतर्फको सूची यथावत राख्न निर्वाचन आयोगलाई एमालेको पत्र

काठमाडौँ — नेकपा एमालेले समानुपातिकतर्फ पुरानै सूचीलाई यथावत राख्न भन्दै निर्वाचन आयोगलाई पत्र पठाएको छ । निर्वाचन आयोगले केही क्लस्टर नमिलेको उल्लेख गर्दै पठाएको पत्रको जवाफमा एमालेले आफूले पठाएको सूची उम्मेदवारको बन्दसूचीको क्रमअनुरूप रहेको जनाएको हो । 

समानुपातिकतर्फको सूची यथावत राख्न निर्वाचन आयोगलाई एमालेको पत्र

प्रदेश १ सभामा अल्पसंख्यक समूहको प्राथमिकता क्रमसंख्या नम्बर २ मा सिफारिस उम्मेदवार पहाडी नेवार समुदायको भएकाले अल्पसंख्यकलाई सिफारिस गरेको एमालेले जनाएको छ ।

त्यस्तै मधेस प्रदेशमा मधेसी महिला समूहको क्रमसंख्या २ मा रहेकी फुलोकुमारी देवी अल्पसंख्यकमध्ये पहिलो नम्बरमा भएकाले सिफारिस गरिएको एमालेको दाबी छ । त्यस्तै मधेस प्रदेशको मुस्लिमतर्फ क्रमसंख्या १ मा रहेकी जैनव खातुनलाई भने पार्टीले कारबाही गरेकाले दोस्रो नम्बरमा रहेकी नाजिमा खातुनलाई सिफारिस गरेको एमालेको दाबी छ । जैनवले पार्टीका उम्मेदवारका पक्षमा प्रचार नगरी पार्टी परित्याग गरेको एमालेको पत्रमा उल्लेख छ ।

साथै पार्टीको मंसिर २४ गते बसेको केन्द्रीय सचिवालयको बैठकले उनलाई निष्काशन गरेको पनि जनाइएको छ । एमालेले मंसिर २४ गते नै निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको क्लस्टरअनुसार सूची पठाएको हो ।

प्रकाशित : मंसिर २६, २०७९ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?