जसपाले आयोगमा पठायो समानुपातिक सांसदको नाम- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसपाले आयोगमा पठायो समानुपातिक सांसदको नाम

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभाका सदस्यका लागि समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ । 

पार्टीको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले पाँच जना नाम आयोगलाई बुझाएको जसपा अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले जानकारी दिए ।

यसरी सिफारिस हुनेमा प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान छन् । पार्टीले प्रदेशसभा सदस्यका लागि पनि समानुपातिक सांसदको नाम टुंग्याएको छ ।

प्रकाशित : मंसिर २४, २०७९ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्

राप्रपाले आयोगलाई बुझायो ५ महिलासहित ७ समानुपातिक सांसदको सूची

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फका सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ । राप्रपाले शनिबार साँझ अबेर निर्वाचन आयोग पुगेर ५ महिलासहित ७ जनाको नाम पेस गरेको हो । 

सूचीअनुसार खसआर्य पुरुषमा पशुपतिशमशेर जबरा, महिलातर्फ गीता बस्नेत, आदिवासी जनजाति पुरुषमा बुद्धिमान तामाङ, महिलामा विना लामा, दलित महिलामा अनिसा नेपाली र मधेसी महिलामा विना जयसवालको नाम सिफारिस गरिएको छ ।


प्रकाशित : मंसिर २४, २०७९ २१:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×