राप्रपाले आयोगलाई बुझायो ५ महिलासहित ७ समानुपातिक सांसदको सूची- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपाले आयोगलाई बुझायो ५ महिलासहित ७ समानुपातिक सांसदको सूची

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फका सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ । राप्रपाले शनिबार साँझ अबेर निर्वाचन आयोग पुगेर ५ महिलासहित ७ जनाको नाम पेस गरेको हो । 

सूचीअनुसार खसआर्य पुरुषमा पशुपतिशमशेर जबरा, महिलातर्फ गीता बस्नेत, आदिवासी जनजाति पुरुषमा बुद्धिमान तामाङ, महिलामा विना लामा, दलित महिलामा अनिसा नेपाली र मधेसी महिलामा विना जयसवालको नाम सिफारिस गरिएको छ ।


प्रकाशित : मंसिर २४, २०७९ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्

सो क्योकुसिनमा ११ स्वर्णसहित नेपाल टिम च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कराते टोली ११ स्वर्ण पदकसाथ दोस्रो अन्तर्राष्ट्रिय सो क्योकुसिन कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा शनिबार सम्पन्न प्रतियोगितामा भारतले ८ स्वर्ण जित्दै दोस्रो स्थान लियो ।

नेपाल सो क्योकुसिन कराते संघको आयोजना तथा अन्तर्राष्ट्रिय अल गेम्स फेडेरेसनको सहयोगमा भएको प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका र भुटानका २ सय ७४ खेलाडीले भाग लिएका थिए ।

पुरुष २५ केजी तौलमा नेपालका छेसन तामाङ, २५ केजीमा रोचेन मगर, ३० केजीमा विश्वास तामाङ, ३५ केजीमा रोमित महर्जन, ४० केजीमा सन्जेश गोलान, ४५ केजीमा विवेक तामाङ, ५० केजीमा राजेश नगरकोटी, ५५ केजीमा निरोज नगरकोटी र ७० केजीमा विजय स्याङतानले स्वर्ण जिते ।

महिलातर्फ ४० केजी तौलमा दीक्षा पुन, ६५ केजीमा दीपिका पटेल र खुला तौलमा सुमित्रा नगरकोटीले स्वर्ण जिते ।

भारतबाट स्वर्ण जित्नेमा महिला ३० केजीमा प्रतीक्षा रावल, ३५ केजीमा भन्सिका साहु, ४५ केजीमा श्रेया अकोसी, ५० केजीमा रिद्सा सोनु, ५५ केजीमा अदिती दीलिप, ६० केजीमा श्रेया साइकु छन् ।

पुरुषतर्फ खुला तौलमा भारतका सन्दीप गर्ग र ६० केजीमा मिहिर दिवाकरले स्वर्ण जिते भने बंगलादेशबाट एकमात्र स्वर्ण ६५ केजीमा अजिज शेखले जिते ।

सो क्योकुसिन कराते संघका अध्यक्ष तथा ललितपुर क्षेत्र २ बाट प्रतिनिधिसभामा निर्वाचित रामकृष्ण ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले पुरस्कृत गरे ।

नेपाल सो क्योकुसिन कराते संघका महासचिव तथा ब्राञ्च चिफ राजकुमार श्रेष्ठले प्रतियोगिताको अर्को संस्करण भारतको गुवाहाटीमा अर्को वर्ष हुने बताए ।

प्रकाशित : मंसिर २४, २०७९ २१:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×