राप्रपाले आयोगलाई बुझायो ५ महिलासहित ७ समानुपातिक सांसदको सूची

मंसिर २४, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फका सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ । राप्रपाले शनिबार साँझ अबेर निर्वाचन आयोग पुगेर ५ महिलासहित ७ जनाको नाम पेस गरेको हो । 

सूचीअनुसार खसआर्य पुरुषमा पशुपतिशमशेर जबरा, महिलातर्फ गीता बस्नेत, आदिवासी जनजाति पुरुषमा बुद्धिमान तामाङ, महिलामा विना लामा, दलित महिलामा अनिसा नेपाली र मधेसी महिलामा विना जयसवालको नाम सिफारिस गरिएको छ ।

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully