कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सात प्रदेशसभामा एमालेले क-कसलाई पठायो ? [सूची]

काठमाडौँ — नेकपा एमालेले सातवटै प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित सांसदहरुको नाम छनोट गरेको छ । पार्टी मुख्यालय च्यालसमा शनिबार बसेको सचिवालय बैठकले उनीहरुको नाम छनोट गरेको हो । जसअनुसार खास आर्य महिलातर्फ शीला दीक्षित कार्की (मोरङ), तारादेवी ढकाल (झापा), निरादेवी खनाल आचार्य (सुनसरी), गीतादेवी रेग्मी (उदयपुर) रहेका छन् ।

सात प्रदेशसभामा एमालेले क-कसलाई पठायो ? [सूची]

त्यसैगरी आदिवासी जनजातितर्फ सृजना दनुवार (उदयपुर), कमला थापा मगर (झापा), मिना श्रेष्ठ (सुनसरी), सृजना राई(भोजपुर), मालतीकुमारी लिम्बु (मोरङ), लहरुमाया जिमी याक्खा(सुनसरी) रहेकी छन् । थारु महिलामा ललिताकुमारी चौधरी (मोरङ), दलित महिलामा कमला दर्नाल (तेह्रथुम), मधेसी महिलातर्फ गीता रानी महतो (मोरङ), मुस्लिम महिलातर्फ नुरशादी वेगम (मोरङ) रहेकी छिन् ।

प्रदेश १ मा नम्बरलाल धिमाल (झापा) एकमात्रै पुरुष छनोटमा परेका छन् । उदयपुरकी दनुवार, सुनसरीकी याक्खा र झापाका धिमाल अल्पसंख्यक हु्न् । प्रत्यक्षतर्फ २५ स्थानमा जितेको एमालेको समानुपातिकमा १५ स्थानमा प्राप्त गरेको थियो । एमालेको प्रत्यक्षतर्फ एक जना पनि महिला जितेको कारण एक तिहाई संख्या पुर्‍याउने संवैधानिक व्यवस्था अनुसार समानुपातिकबाट कम्तीमा ११४ जना महिला छनोट गर्न आवश्यक थियो ।

मधेस प्रदेश एमालेले आदिवासी जनजाती महिलामा मञ्जुकुमारी थापामगर(बारा), दलित महिलातर्फ पलटीदेवी महरा(धनुषा), मधेसी महिलातर्फ पल्टीदेवी यादव(धनुषा), फुलोकुमारी देवी (धनुषा), विनादेवी शर्मा (पर्सा), शिला यादव (धनुषा), मुस्लिम महिलामा नाजिमा खातुन(धनुषा) र मधेसी पुरुषतर्फ मधेसी जयचन्द्र प्रसाद पटेल (रौतहट) रहेका छन् ।

धनुषाकी फुलोकुमारी देवी, विनादेवी शर्मा अल्पसंख्यक हुन् । प्रत्यक्षतर्फ १५ स्थानमा प्राप्त गरेको एमालेले समानुपातिकतर्फ ८ स्थानमा प्राप्त गरेको थियो । १ सय ७ सदस्यीय प्रदेशसभामा २३ स्थानमा सहित पहिलो स्थानमा एमाले रहेको छ । प्रत्यक्षबाट निर्वाचित एक जनामात्रै महिला रहेको कारण एमालेले कम्तीमा ७ जना महिला पठाउनु पर्ने थियो ।

वाग्मती प्रदेशमा नेकपा एमालेले १४ जना समानुपातिक सांसदमा ५ पुरुष र ९ महिलाको नाम सिफारिस गरेको छ । जसमा खसआर्य पुरुषमा दिनेशचन्द्र देवकोटा (काठमाडौं), हरिप्रसाद सापकोटा(चितवन), महिलातर्फ भारती पाठक (मकवानपुर), अप्सरा चापागाईं घिमिरे (ललितपुर), मायाकुमारी कार्की (रामेछाप) रहेका छन् ।

त्यसैगरी आदिवासी जनजाती पुरुषमा आनन्दकुमार श्रेष्ठ (रामेछाप), ज्ञानबहादुर तामाङ (काभ्रे), ठूला थामी (दोलखा), महिलातर्फ विन्दु श्रेष्ठ (काठमाडौं), माइली तामाङ (सिन्धुपाल्चोक), सुकुमाया तामाङ (सिन्धुली), सकुन्तला श्रेष्ठ राजभण्डारी (भक्तपुर) र उर्मिला सुनुवार (दोलखा) रहेका छन् । सुनुवार अल्पसंख्यक हुन् ।

यसैगरी दलित महिलामा बालकुमारी विश्वकर्मा (काठमाडौं) रहेकी छन् । १ सय १० सदस्यीय प्रदेशसभामा एमालेको प्रत्यक्षतर्फ १३ स्थान जितेको थियो । प्रत्यक्ष र समानुपातिक गरेर एमालेको प्रदेशसभामा २७ सदस्य पुगेको छ ।

गण्डकी प्रदेशको खसआर्य पुरुषतर्फ कृष्णप्रसाद पाठक (वागलुङ), प्रकाशबहादुर केसी (कास्की), महिलातर्फ यशोदा रिमाल (लमजुङ), देवका पहारी त्रिपाठी (कास्की) रहेका छन् । त्यसैगरी आदिवासी जनजाती पुरुषतर्फ लिलबहादुर थापामगर (बागलुङ), महिलातर्फ बिना थापा (बागलुङ), निर्मला थापा (स्याङ्जा), राजकुमारी भुजेल (कास्की) दलिततर्फ गोविन्दबहादुर नेपाली (बागलुङ) र महिलातर्फ नन्दकला दमै (कास्की) रहेकी छन् । प्रत्यक्षतर्फ १२ स्थान प्राप्त गरेको एमालेले समानुपातिकमा १० स्थान प्राप्त गरेको थियो ।

त्यसैगरी लुम्बिनी प्रदेशमा खसआर्य पुरुषबाट गिरीधारीलाल न्यौपाने (कपिलवस्तु), महिलातर्फ जानकी न्यौपाने (रुपन्देही), बसन्ती न्यौपाने (बाँके), आदिवासी जनजाती महिलामा सरिता पुन (रुकुमपूर्व), यमुना रोका (रोल्पा), थारुतर्फ सीता शर्मा चौधरी (दाङ) र भगवतीकुमारी थरुनी (रुपन्देही), दलित महिलातर्फ इन्द्राकुमारी गहतराज (पाल्पा), रेखाकुमारी शर्मा (दाङ), मधेसी महिलातर्फ शान्ति लोध (रुपन्देही), सायरा बानो (बाँके) रहेका छन् ।

कर्णाली प्रदेशमा खसआर्य पुरुषमा कलबहादुर हमाल (हुम्ला), महिलामा दक्षिणा शाही (कालीकोट), तुलसा मल्ल (रुकुम पश्चिम), आदिवासी जनजाती महिलामा नन्दा गुरुङ(सुर्खेत), गमता बिक (दैलेख) रहेका छन् । हमाल र बिक पिछडिएको क्षेत्रका हुन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेको ९ सासद छन् । एमालेले प्रत्यक्षमा ५ र समानुपातिकमा ४ जना निर्वाचित भएका हुन् ।

सुदूरपश्चिममा एमालेले ७ सदस्यमा ३ पुरुष र ४ महिला पठाएको छ । जसमा खसआर्यबाट राजेन्द्रसिंह रावल र धर्मराज पाठक (कैलाली) रहेका छन् भने महिलामा सन्तोषकुमारी शर्मा थापा (कैलाली), जानकी एयर बम (बैतडी), निर्मलादेवी साउद (डोटी), थारु महिलातर्फ कोइलीदेवी चौधरी (कैलाली), दलित पुरुषतर्फ हिरा सार्की (कञ्चनपुर) रहेका छन् ।

डोटीको साउद पिछडिएको क्षेत्रको समेत प्रतिनिधित्व गर्छिन ।

प्रकाशित : मंसिर २४, २०७९ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?