काठमाडौँ — नेकपा एमालेले प्रदेश नम्बर १ मा १४ महिलासहित समानुपातिकतर्फको सांसदमा १५ जनाको नाम सिफारिस गरेको छ । १ जना पुरुषमा नम्बरलाल धिमाल छनोट भएका छन् ।
खास आर्यतर्फ महिलामा शीला दीक्षित कार्की, तारादेवी ढकाल, निरादेवी ढकाल, गीतादेवी रेग्मी रहेका छन् । त्यसैगरी आदिवासी जनजाती महिलामा सिर्जना दनुवार, कमला थापा मगर, मीना श्रेष्ठ, सिर्जना राई, मालतीकुमारी लिम्बु, लाहुरमाया जिमी याख्या, दलितमा कमला दर्नाल, मधेशी महिलामा गीतारानी महतो, मुस्लिमतर्फ नुर सदी बेगम, थारुमा ललिताकुमारी चौधरी रहेका छन् ।
प्रदेशसभामा प्रत्यक्षतर्फ २५ स्थान जितेको एमालेले समानुपातिकमा १५ स्थानमा प्राप्त गरेको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेको ४० स्थानसहित सबैभन्दा ठूलो दल बनेको छ ।
प्रदेशसभामा एकतिहाइ महिला प्रतिनिधित्व गराउनु पर्ने संवैधानिक व्यवस्थाको कारण एमालेले १४ जना महिलालाई प्रतिनिधत्व गराउनु पर्ने थियो ।
