कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडेलमाथि थापाको आरोप : रातारात प्रदेश राजधानी सारियो

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ गठबन्धनको साथ पाउनु भएका राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार केशबहादुर थापाले एमाले उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी  बुटवलबाट अन्यत्रै सार्ने कामको अगुवाइ गरेको आरोप लगाएका छन् ।

पौडेलमाथि थापाको आरोप : रातारात प्रदेश राजधानी सारियो

सो क्षेत्रमा थापा र पौडेलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । चुनावी प्रचार अभियानलाई तीव्रता दिएका थापाले मंगलबार आयोजित घरदैलो कार्यक्रममा बोल्दै पौडेलकै अगुवाइमा लुम्बिनी प्रदेशको राजधानी दाङको अन्कन्टार ठाउँमा लैजाने लैजान काम भएको बताए । मुलुकलाई राष्ट्रिय सहमतिका साथ अघि बढाउन पनि सत्तारुढ दलहरुले मिलेर चुनावमा लडनु परेको थापाको दाबी छ ।

संविधानको रक्षा गर्न, संघीयता, गणतन्त्र र समावेशीताको रक्षा गर्न आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनले जित्नुपर्ने उनको भनाइ थियो । ‘भूमिहीन सुकुम्बासीको बारेमा कुनै पनि सुनुवाइ नहुने । हाम्रो ठाउँमा वाचा गरिएको प्रदेशको राजधानी रातारात खोसेर कुनै अनकण्टार ठाउँमा लगेर सार्ने यस्ता खालका राजनीतिक बेइमानहरुको हातमा सत्ता जाने खतरा छ । त्यसबाट हामीले आफ्नो अभिमत जोगाउनु पर्छ र, म यहाँहरुलाई भन्न चाहन्छु–हामी गठबन्धनको एउटा साझा संकल्प छ–संविधानको रक्षा गरेर देशमा आजसम्म हामीले जुन आन्दोलन गर्‍यौँ । संघर्ष गर्‍यौँ , क्रान्ति गर्‍यौँ । बलिदानबाट जे–जे उपलब्धि प्राप्त गर्‍यौँ । त्यसलाई त जोगाउनु गर्‍यौँ नि,' उनले भने ।

थापाले आफूहरुले चुनाव जितेमा रोजगारीको अवसर सृजना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुलभ बनाउने, औद्योगिकीकरण, वन र वातावरणको संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउने आश्वासनसमेत दिए ।

प्रकाशित : कार्तिक २२, २०७९ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?