कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पटक-पटक संसद् भत्काउनेलाई जनताले सबक सिकाउनेछन् : अध्यक्ष केसी

रासस

बागलुङ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले)लाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । सोमबार बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसद् भत्काउनेलाई भोट दिन नहुने बताएका हुन् । 

पटक-पटक संसद् भत्काउनेलाई जनताले सबक सिकाउनेछन् : अध्यक्ष केसी

सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधिसभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरे ।

'एमालेलाई अब भोट माग्ने अधिकार छैन, केपीले नैतिक अधिकार गुमाइसके, पटक-पटक संसद् भत्काउनेलाई अब जनताले सबक सिकाउने छन्,' अध्यक्ष केसीले भने, 'गठबन्धन संविधानको रक्षा र लोकतन्त्र बचाउन बनेको हो, अहिले जति कराए पनि मङ्सिर ४ पछि प्रतिगमन टाउको उठाउन नसक्ने गरी ढल्नेछ, नेपाली जनताले ओलीलाई चिनिसके ।'

आगामी निर्वाचन प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उनको भनाइ छ । प्रतिगमनविरुद्धमा र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको हुँदा सहजरूपमा चुनाव जित्ने केसीको दाबी छ । नेता केसीले संसद्मा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए । जनता विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै राष्ट्रिय योजनालाई पूरा गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए । आफू यसपटक प्रतिगमनलाई परास्त गर्न र जनजीविकाको पक्षमा संसद्मा आवाज उठाउन चुनावमा होमिएको उनको दाबी छ ।

प्रकाशित : कार्तिक २१, २०७९ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?