काठमाडौं-५ : यस्ता छन् प्रदीप पौडेलका प्रतिबद्धता

कार्तिक २१, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — आसन्न निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ५ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।पौडेलले पार्टीको घोषणापत्रमार्फत् जनाइएका प्रतिवद्धतामा आधारित भएर शिक्षा, सडक तथा पार्किङ, स्वास्थ्य, कला–संस्कृतिको संरक्षण तथा सवर्द्घन र पर्यटन, खानेपानी र ढल निकास लगायत क्षेत्रमा योजना र प्रतिवद्धताहरू सार्वजनिक गरेका हुन् । 

नेता पौडेलले नागरिकसाग निरन्तर संवादका लागि सचिवालय स्थापना गर्ने र सम्पर्क, संवाद र समस्या तथा गुनासो सुनुवाइका लागि डिजिटल एप बनाएर काम गर्ने घोषणा गरेका छन् । त्यस्तै, सांसद विकास कोषको रकम स्थानीय नागरिक एवं विज्ञहरूको परामर्शमा मात्र खर्च गर्ने प्रतिवद्धता जनाएका छन् । 

उनले देशमा देखिएका समस्यालाई बीडीसी अर्थात् ब्रेन ड्रेन, करप्सन र डेभलपमेण्टकोरुपमा व्याख्या गर्दै समाधानका लागि प्रतिबद्धता जनाएका छन् । उनले बी.सी.डी. अन्तर्गत शिक्षा र स्वास्थ्यमा पहुँच, रोजगारीका अवसर वृद्धि, भ्रष्टाचार र बेथितिको अन्त्य तथा भौतिक, सामाजिक, मानवीय र साास्कृतिक समुन्नतिका लागि आगामी पााच वर्षमा प्रष्ट कार्ययोजना ल्याउने घोषणा गरेका छन् । 

यस्ता छन् पौडेलका प्रतिबद्धता 

कान्तिपुर

Link copied successfully