मंसिर ४ संविधान च्यात्न चाहने शक्तिविरुद्धको लडाइँ : देउवा 

कार्तिक १८, २०७९

डीआर पन्त

धनगढी — प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते निर्वाचनमात्र नभई संविधान च्यात्न चाहने शक्तिविरुद्धको लडाइँ पनि भएको बताएका छन् । ठूलो मूल्य चुकाएर आएको संविधान च्यात्ने प्रयत्न रोक्नुपर्ने भएकोले गठबन्धनलाई मत दिन उनले आग्रह गरे । 

आफ्नो गृहपालिका गन्यापधुराको बडालमा चुनावीसभालाई शुक्रबार सम्बोधन गर्दै देउवाले भने, 'संविधान च्यात्ने काममा ओलीजीहरुको भूमिका ठूलो छ ।' विद्युत् आयोजनाहरु निर्माणले मात्र देशमा ठूलो रोजगारी सिर्जना हुने भएकोले गठबन्धनले पहिलो प्राथमिकतामा जलविद्युत् विकासलाई राखेको प्रधानमन्त्री देउवाले सुनाए ।

डडेलधुरामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री देउवा बिहीबारदेखि गृहजिल्लामा चुनावीसभा र भेटघाटमा व्यस्त छन् ।

डीआर

Link copied successfully