कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तोसिमा कार्कीको उम्मेदवारी खारेज मागसहित अदालत जाँदै आयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर निर्वाचन क्षेत्र नं ३ मा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै (भ्याकेट) निर्वाचन आयोग सर्वोच्च अदालत जाने भएको छ ।

तोसिमा कार्कीको उम्मेदवारी खारेज मागसहित अदालत जाँदै आयोग

सर्वोच्च अदालतले यसअघि कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले गत साता जारी गरेको अन्तरिम आदेश खारेजीको विरुद्ध निर्वाचन आयोग शुक्रबार अदालत जान लागेको आयोग स्रोतले जनाएको छ।

आयोगका अनुसार ललितपुर क्षेत्र नं ३ प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको छ । जसमा कार्कीले प्रतिनिधित्व गर्ने दल राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न मतपत्रमा समावेश छ ।

प्रकाशित : कार्तिक १८, २०७९ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?