झन्डा छोपेर संसद् भवनबाट बाहिरिए शर्मा

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिएलगत्तै संसद् भवनबाट बाहिरएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउनेक्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा भित्र्याएको लगायतका आरोप लागेपछि उनले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका हुन् । उनीमाथि लागेको आरोपको छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनेको छ ।

झन्डा छोपेर संसद् भवनबाट बाहिरिए शर्मा

राजीनामाको घोषणा गरेलगत्तै संसद्‌बाट बाहिरिएर उनले सञ्चारकर्मीहरुलाई छानबिनका लागि सहयोग गर्न मार्गप्रशस्त गरेको प्रतिक्रिया दिए ।

त्यसपछि उनी गाडीतिर अगाडि बढे । गाडीमा बढ्दाबढ्दै झन्डाको खोल ननिकाल्न सहयोगीलाई आग्रह गरे । मन्त्रालयबाट बा २ झ ३७३३ नम्बरको झन्डा हल्लाउँदै संसद् भवन छिरेका शर्मा फर्कँदा झन्डा छोपेर त्यही गाडीमा बाहिरिए ।

उनी संसद् भवन प्रवेश गर्नुअघि प्रहरीले स्कर्टिङ गरेर लगेका थिए भने बाहिरिँदा पनि त्यही गाडीले नै स्कर्टिङ गरेको थियो ।

प्रकाशित : असार २२, २०७९ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?