कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एमालेद्वारा संसद् बैठक बहिस्कार

काठमाडौँ — नेकपा एमाले सांसदहरुले संसद् बैठक बहिस्कार गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले सम्बोधन सुरु गर्न थालेपछि एमालेका सांसदहरुले बैठक बहिस्कार गरेका हुन् । 

एमालेद्वारा संसद् बैठक बहिस्कार

एमालेको माग अनुसार नै अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरे पनि एमाले सांसदहरु संसद् बैठक छाडेर बाहिरिएका हुन् ।

संसद् बैठकअघि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणका क्रममा विचौलिया र व्यापारीका प्रतिनिधि राखेर करका दर लगायतका विषय हेरफेर गर्ने अर्थमन्त्री शर्मालाई रोस्ट्रम प्रयोग गर्न नदिने बताएका थिए ।

यो पनि

प्रकाशित : असार २२, २०७९ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?