एमालेद्वारा संसद् बैठक बहिस्कार

असार २२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले सांसदहरुले संसद् बैठक बहिस्कार गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले सम्बोधन सुरु गर्न थालेपछि एमालेका सांसदहरुले बैठक बहिस्कार गरेका हुन् । 

एमालेको माग अनुसार नै अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरे पनि एमाले सांसदहरु संसद् बैठक छाडेर बाहिरिएका हुन् । 

संसद् बैठकअघि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणका क्रममा विचौलिया र व्यापारीका प्रतिनिधि राखेर करका दर लगायतका विषय हेरफेर गर्ने अर्थमन्त्री शर्मालाई रोस्ट्रम प्रयोग गर्न नदिने बताएका थिए ।   

यो पनि

कान्तिपुर

Link copied successfully