अर्थमन्त्रीको हैसियतमा संसद्‌मा शर्माले बोल्‍ने नैतिक अधिकार छैन : भट्टराई

काठमाडौँ — नेकपा एमालेका नेता एवं सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीको रुपमा संसद्‌‌मा बोल्‍ने नैतिक हैसियत नराख्ने बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले शर्मालाई पदमा बसेको मान्छेमाथि छानबिन भइरहँदा पदमा बस्दा त्यो समितिले राम्रो काम गर्न नसक्‍ने बताए ।

अर्थमन्त्रीको हैसियतमा संसद्‌मा शर्माले बोल्‍ने नैतिक अधिकार छैन : भट्टराई

उनले अर्थमन्त्रीले राजीनामा दिएर सांसद वा पूर्वअर्थमन्त्रीको हैसियतमा बोल्नुपर्ने बताए । पूर्वअर्थमन्त्रीको रुपमा शर्मासँग संसदीय छानबिन समितिले शर्मासँग बयान लिने बताए । एमाले सांसद भट्टराईले बजेट निर्माणको क्रममा भएको अनियमिततामा संलग्न रहेको अर्थमन्त्रीले पदमा बस्न निमल्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा एमालेले यो विषयलाई पटक-पटक उठाएको स्मरण गर्दै सांसद भट्टराईले पछिल्लो समयमा सत्तारुढ दलले समेत यस विषयलाई उठाएको बताए ।

'बजेट निर्माणको क्रममा भएको अनियमितताबारे हामीले निरन्तररुपमा उठाउँदै आएको थियो । यो विषयमा पछिल्लो समयमा सत्तारुढ दल कांग्रेसका केही नेताहरुले पनि उठाउनु भयो,' भट्टराईले भने, 'अर्थ मन्त्रालय जस्तो संवेदनशील मन्त्रालयल उहाँले बस्न मिल्दैन ।'

प्रकाशित : असार २२, २०७९ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?