अर्थमन्त्रीको हैसियतमा संसद्‌मा शर्माले बोल्‍ने नैतिक अधिकार छैन : भट्टराई

असार २२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका नेता एवं सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीको रुपमा संसद्‌‌मा बोल्‍ने नैतिक हैसियत नराख्ने बताएका छन् ।प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले शर्मालाई पदमा बसेको मान्छेमाथि छानबिन भइरहँदा पदमा बस्दा त्यो समितिले राम्रो काम गर्न नसक्‍ने बताए ।

उनले अर्थमन्त्रीले राजीनामा दिएर सांसद वा पूर्वअर्थमन्त्रीको हैसियतमा बोल्नुपर्ने बताए । पूर्वअर्थमन्त्रीको रुपमा शर्मासँग संसदीय छानबिन समितिले शर्मासँग बयान लिने बताए । एमाले सांसद भट्टराईले बजेट निर्माणको क्रममा भएको अनियमिततामा संलग्न रहेको अर्थमन्त्रीले पदमा बस्न निमल्ने बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा एमालेले यो विषयलाई पटक-पटक उठाएको स्मरण गर्दै सांसद भट्टराईले पछिल्लो समयमा सत्तारुढ दलले समेत यस विषयलाई उठाएको बताए । 

'बजेट निर्माणको क्रममा भएको अनियमितताबारे हामीले निरन्तररुपमा उठाउँदै आएको थियो । यो विषयमा पछिल्लो समयमा सत्तारुढ दल कांग्रेसका केही नेताहरुले पनि उठाउनु भयो,' भट्टराईले भने, 'अर्थ मन्त्रालय जस्तो संवेदनशील मन्त्रालयल उहाँले बस्न मिल्दैन ।'

कान्तिपुर

Link copied successfully