अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन

समितिलाई १० दिनको समयसीमा

असार २२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूलाई सहभागी गराई करका दर हेरफेर गरेको आरोपमा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले संसदीय छानबिन समिति गठन गरेको हो ।

यी हुन् समितिमा रहेका सांसदहरु :

समिति गठनअघि सभामुख अग्निप्रसाद सापकोटाले एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत राजनीतिक दलका सचेतकहरूसँग छलफल गरेका थिए । प्रतिनिधिसभा बैठक बुधबार ११ बजे बस्ने भनिएको थियो । तर, दलहरूबीच सहमति हुन नसक्दा करिब ४ बजे बैठक बसेको हो । 

बजेटमा करका दर हेरफेर गर्नेक्रममा जेठ १४ गते अर्थमन्त्री शर्माले अनधिकृत तथा व्यापारीका प्रतिनिधि राखेको आरोप लागेको छ । सोही विषयलाई लिएर संसद् र सडकमा प्रमुख प्रतिपक्षी एमालेले आवाज उठाएको थियो । उक्त दिनको सीसीटीभी फुटेज डिलिट गरिएको भन्ने सूचना आएपछि कांग्रेसका सांसदहरूले पनि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने र छानबिन हुनुपर्ने माग गरेका थिए ।

अर्थमन्त्री शर्मा प्रकरण

कान्तिपुर

Link copied successfully