कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

अर्थमन्त्री प्रकरण : माओवादीले एमालेसँग छलफल गर्ने

माओवादी बैठकमा अर्थमन्त्री शर्माले भने- म निर्दोष छु

काठमाडौँ — माओवादी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन् । माओवादीको पूर्वस्थायी कमिटी सदस्यहरूसँगको छलफलमा दाहालले अर्थमन्त्री प्रकरण बढ्दै गएको भन्दै कुरा राखेका थिए । 

अर्थमन्त्री प्रकरण : माओवादीले एमालेसँग छलफल गर्ने

माओवादी केन्द्रीय सदस्य हरिबोल गजुरेलका अनुसार दाहालले एमालेसँग परामर्श गरेर अगाडि बढ्ने बताएका छन् । दाहालको भनाइ उल्लेख गर्दै गजुरेलले भने, 'प्रमुख प्रतिपक्षी एमालेसँग कुरा गरेर अगाडि बढ्ने कुरा हुन्छ ।'

बैठकमा अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्माले आफ्ना कुरा राखेका थिए । उनले आफू निर्दोष भएको दाबी गरेका थिए । 'उहाँले बाहिर आएजस्तो होइन भन्नुभयो । उहाँले आफू निर्दोष रहेको बताउनुभयो,' गजुरेलले भने ।

अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।

प्रकाशित : असार २२, २०७९ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×