२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरौँ : कांग्रेस उपसभापति खड्का

काठमाडौँ — कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर बजेट निर्माण भएको विषयलाई संसदीय समितिमार्फत छानबिन गरिनुपर्ने बताएका छन् ।

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरौँ : कांग्रेस उपसभापति खड्का

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे र अर्थमन्त्रालयको सीसीटीभी फुटेज मेटाइएकोबारे व्यापक विरोध भइरहेका बेला प्रधानमन्त्रीनिकट मानिने कांग्रेस उपसभापति खड्काले विगतका परम्परामा टेकेर संसदीय छानबिन समिति गठनको माग गरेका हुन् ।

उपसभापति खड्काले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, 'बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद् र आमजनमानसको गम्भीर चासो विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ। विगतमा पनि संसद्को यस्तो परम्परा छ । बरु ढिलो नगरौँ संसद्‍बाट आजै संसदीय समिति निर्माणको टुंगो लगाऔं ।'

अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : असार २२, २०७९ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?