कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चर्को मूल्यवृद्धिले सर्वसाधारणको जीवन धान्नै नसक्ने अवस्थामा पुगेको छ : सांसद पोखरेल

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले सर्वसाधारण जनता मूल्यवृद्धिको चर्को मारमा पर्दा समेत कुनै अनुभूति गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । 

चर्को मूल्यवृद्धिले सर्वसाधारणको जीवन धान्नै नसक्ने अवस्थामा पुगेको छ : सांसद पोखरेल

शुक्रबार एमालेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन सरकारसँग माग गरेका हुन् ।

सबै वस्तुहरुको मूल्य चर्को हुँदा पनि सरकारले ७ प्रतिशत मात्रै मूल्यवृद्धि भएको भनेर ढाँटिरहेको पोखरेलले बताए । सबै मूल्यवृद्धिको मुख्य कारण पेट्रोलियम पदार्थ भएको उल्लेख गर्दै सांसद पोखरेलले यसको व्यवस्थापन गर्न नसक्नु सरकारको कुशासन र भ्रष्टाचार नै भएको तर्क राखे ।

आयल निगमलाई खारेज गरेर सरकारले ठूलो कमिसन लिएर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको जिम्मा लगाउन खोजेको समेत उनको आरोप थियो । ‘मूल्यवृद्धिले सर्वसाधारणको जीवन धान्नै नसक्ने अवस्थामा पुगेको छ । यो सरकार बन्दाको समयमा २३० मा पाइने खानेतेल लिटरको अहिले ४०० भएको छ । ५०/५५ रुपैयाँ केजीमा पाइने चामल ७० रुपैंयाँ भएको छ । १०२ रुपैँयाँमा पाइने पेट्रोलियम पदार्थ जरुरी सार्वजनिक महत्त्वको प्रस्तावपछि १० रुपैयाँ घटदा पनि १७० रुपैयाँ छ । ६५ पाइने चिनी १०० रुपैयाँ पुगेको छ । तर सरकार भन्दैछ–७ प्रतिशत मात्रै मूल्यवृद्धि भएको छ,’ पोखरेलले भने ।

सांसद पोखरेलले नेपाल आयल निगमलाई सुशासन र पारदर्शी बनाई पेट्रोलियम पदार्थ सहज र सर्वसुलभ ढंगले आम उपभोक्तामा पु¥याउने काम तत्काल गर्न पनि सरकारसँग माग राखे ।

प्रकाशित : जेष्ठ २०, २०७९ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?