कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

पूर्वाग्रही राजनीतिक संस्कृतिबाट मुक्त हुनुपर्छ : देव

‘अंगुर खान अन्तिम समयसम्म मरिहत्ते गर्ने र पाइएन भने यो अंगुर अमिलो, नमिठो छ किन खाने भन्ने ?’

काठमाडौँ — राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले पूर्वाग्रही राजनीतिक संस्कृतिबाट मुक्त हुनुपर्ने बताएका छन् ।  बुधबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा बोल्दै उनले संकीर्णताको राजनीतिक संस्कारबाट माथि उठ्नुपर्ने बेला भएको बताएका हुन् ।

पूर्वाग्रही राजनीतिक संस्कृतिबाट मुक्त हुनुपर्छ : देव

उनले दक्षिण एसियामा अन्य देशले गर्न नसकेका काम नेपालले गरेर देखाइसकेको भन्दै अहिले पनि सबै एकजुट भएर देश विकासमा लाग्नुपर्ने बताए । राष्ट्रिय सभा सदस्य देवले नयाा राजनीतिक संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अंगुर खान अन्तिम समयसम्म मरिहत्ते गर्ने र पाइएन भने यो अंगुर अमिलो, नमिठो छ किन खाने भन्ने ? त्यसकारण यो कल्चरबाट मुक्त होऔँ । त्यो संकीर्णताको पोलिटिकल कल्चरबाट, पूर्वाग्रहको पोलिटिकल कल्चरबाट मुक्त होऔँ हामी । हामीले दक्षिण एसियाका देशहरूले गर्न नसकेको काम गरेर देखाएका छौँ । अझै पनि देखाउन सक्छौा,त्यो क्वालिटी हामीसँग छ । तर कता कता हामी चुकिरहेका छौँ । नयाँ पोलिटिकल कल्चर ठीकलाई ठीक, बेठीकलाई बेठीक भन्ने त्यो कल्चरको विकास गरौँ।’

उनले बजेट संगतिपूर्ण अन्तरसम्बन्ध र संश्लेषण गरेर ल्याएको दाबी गरे । उनले बजेटले नेपाली अर्थतन्त्रको समस्या पहिचान र समाधान गर्न खोजेको बताए ।

प्रकाशित : जेष्ठ १८, २०७९ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×