कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

वीरगन्जमा यसै वर्ष  चिनीमिल सञ्चालनमा आए सरकारका नाममा घर पास गर्दिन्छु : श्रीवास्तव

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीका सांसद बिमलप्रसाद श्रीवास्तवले यो आर्थिक वर्षभित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरेका छन् । 

वीरगन्जमा यसै वर्ष  चिनीमिल सञ्चालनमा आए सरकारका नाममा घर पास गर्दिन्छु : श्रीवास्तव

बुधबारको भएको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताउँदै यदि यो आर्थिक वर्षभित्रै वीरगन्जमा चिनी मिल सञ्चालनमा आए आफ्नो एउटा घर नै सरकारको नाममा पास गरिदिने बताएका हुन् ।

उनले भने‚ ‘यसपालिको बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने भन्ने उद्घोष सुन्यौं यहाँ । त्यो स्वागतयोग्य छ । त्यसका लागि म अर्थमन्त्रीलाई धन्यवाद पनि दिन चाहन्छु । साथसाथै उहाँलाई एउटा निवेदन पनि म गर्न चाहान्छु । यदि यो साल वीरगन्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने म त्यति सम्पन्न व्यक्ति होइन; मसँग पैसा पनि छैन । तर‚ यो दुईवटा कुरा सञ्चालन भयो भने मेरो नामको एउटा घर छ; त्यो घर या त सरकारको नाममा पास गरिदिन्छु अथवा त्यो घर बेचेर भए पनि एक/डेढ करोड जति पैसा हुन्छ; म यो सरकारलाई आफ्नो व्यक्तिगत रुपले सहयोग गर्ने आज सभामा म प्रतिज्ञा गर्दछु ।’

उनले आगामी आर्थिक वर्षको बजेटमा सत्तापक्षकै सांसदहरूको असन्तुष्टि रहेको उल्लेख गर्दै बजेट झारा टार्ने किसिमले मात्रै ल्याइएको बताए ।

प्रकाशित : जेष्ठ १८, २०७९ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?