बजेटमा मधेस प्रदेश ठगियो : सांसद यादव- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेटमा मधेस प्रदेश ठगियो : सांसद यादव

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेश पूर्ण रूपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले मधेस प्रदेशको लाइफलाइनका रूपमा रहेको हुलाकी राजमार्गमा बजेट थोरै विनियोजन गरेको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न पनि अर्थमन्त्री जनार्दन शर्मालाई दबाब दिए ।

सांसद यादवले मधेस प्रदेशलाई दिइने अनुदानसमेत गठबन्धन सरकारले घटाएर संघीयतामाथि नै धावा बोल्ने काम गरेको आरोपसमेत लगाए ।

‘यो बजेटमा मधेस प्रदेश पूर्ण रूपमा ठगिएको छ भन्ने महसुस गरिएको छ । हुलाकी सडक मधेस प्रदेशको लाइफलाइन हो । र हुलाकी सडकमा थोरै बजेट राखिएको छ । जबकि धेरै पुलहरु, सडकहरु बनाउन बाँकी नै छ,’ उनले भने, ‘त्यसकारण अर्थमन्त्रीजीको, यो सरकारको यसमा ध्यान जाओस् कि यो मधेस प्रदेशको लाइफलाइन हो हुलाकी राजमार्ग । र, त्यसमा जुन बजेट राखिएको छ । एकदमै थोरै छ । त्यसमा पुनर्विचार होस् । यस्तै मधेस प्रदेशमा कुनै खास योजना यो बजेटमा देखिएन । त्यसमा पनि पुनर्विचार होस ।मधेस प्रदेशलाई दिइने अनुदान गठबन्धनको सरकारले घटाएको छ । जुन चिन्तायोग्य छ । यसले गर्दा भोलि संघीयतामाथि नै खतरा हुन्छ कि त्यसमा पनि पुनर्विचार होस् ।’

सांसद यादवले बजेटमा कुनै पनि खास योजना मधेस प्रदेशका लागि नछुट्टयाएको भन्दै पुनर्विचार गर्न पनि सरकारसँग माग गरे ।

प्रकाशित : जेष्ठ १८, २०७९ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्

वीरगन्जमा यसै वर्ष  चिनीमिल सञ्चालनमा आए सरकारका नाममा घर पास गर्दिन्छु : श्रीवास्तव

कान्तिपुर संवाददाता

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीका सांसद बिमलप्रसाद श्रीवास्तवले यो आर्थिक वर्षभित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरेका छन् । 

बुधबारको भएको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताउँदै यदि यो आर्थिक वर्षभित्रै वीरगन्जमा चिनी मिल सञ्चालनमा आए आफ्नो एउटा घर नै सरकारको नाममा पास गरिदिने बताएका हुन् ।

उनले भने‚ ‘यसपालिको बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने भन्ने उद्घोष सुन्यौं यहाँ । त्यो स्वागतयोग्य छ । त्यसका लागि म अर्थमन्त्रीलाई धन्यवाद पनि दिन चाहन्छु । साथसाथै उहाँलाई एउटा निवेदन पनि म गर्न चाहान्छु । यदि यो साल वीरगन्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने म त्यति सम्पन्न व्यक्ति होइन; मसँग पैसा पनि छैन । तर‚ यो दुईवटा कुरा सञ्चालन भयो भने मेरो नामको एउटा घर छ; त्यो घर या त सरकारको नाममा पास गरिदिन्छु अथवा त्यो घर बेचेर भए पनि एक/डेढ करोड जति पैसा हुन्छ; म यो सरकारलाई आफ्नो व्यक्तिगत रुपले सहयोग गर्ने आज सभामा म प्रतिज्ञा गर्दछु ।’

उनले आगामी आर्थिक वर्षको बजेटमा सत्तापक्षकै सांसदहरूको असन्तुष्टि रहेको उल्लेख गर्दै बजेट झारा टार्ने किसिमले मात्रै ल्याइएको बताए ।

प्रकाशित : जेष्ठ १८, २०७९ १३:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×