यो बजेटलाई चुनावी बजेट भन्नु सान्दर्भिक हुँदैन : सांसद गुरुङ

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालकी सांसद रेनुका गुरुङले सरकारको आगामी आर्थिक वर्षको बजेटलाई चुनावी बजेट भन्नु सान्र्दभिक नहुने बताएकी छिन् । 

यो बजेटलाई चुनावी बजेट भन्नु सान्दर्भिक हुँदैन : सांसद गुरुङ

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले सरकारले प्रस्तुत गरेको आर्थिक वर्षको २०७९/८०को बजेटलाई ‘पपुलिस्ट’ तथा चुनावी बजेट भन्नु सन्दर्भिक नहुने बताएकी हुन् । उनले राज्यको दायित्वको रूपमा किसानलाई पेन्सन योजना, मिर्गौला प्रत्यारोपण तथा पक्षघात भएका बिरामीलाई औषधोपचारका लागि खर्च, भूमिहीनलाई आवास निर्माण, जेष्ठ नागरिकलाई सामाजिक सुरक्षामा वृद्धि र राष्ट्रसेवक कर्मचारीको तलवमा वृद्धि गरिएको स्पष्ट पारिन् ।

उनले भनिन्,‘बजेटमार्फत किसानलाई योगदानमा आधारित पेन्सन योजना ल्याउनु, मिर्गौला प्रत्यारोपण तथा डायलसिस गरिरहेका, सबै प्रकारको क्यान्सर रोग निदान भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्चबापत् मासिक पाँच हजार प्रदान गर्नु, भूमिहीन तथा सुकुम्बासी जनतालाई आवास निर्माणमा सहयोग पु¥याउने, जेष्ठ नागरिकलाई दिइने सामाजिक सुरक्षा भत्ताको दायरा फराकिलो बनाउने र समय अनुकुल राष्ट्रसेवक कर्मचारीहरुको तलवमानमा वृद्धि गर्ने सरकारको नीतिलाई पपुलिस्ट तथा चुनावी बजेट भन्न त्यति सान्दर्भिक नहुने व्यहोरा अनुरोध गर्न चाहान्छु । यसलाई सबै राजनीतिक दलले राज्यको दायित्वको रुपमा बुझ्न आवश्यक छ ।’

यो बजेटले जनताको आर्थिक तथा सामाजिक स्तरमा अभिवृद्धि गर्न, स्वदेशमा औद्योगिक उत्पादन बढाउन, आयात घटाउन, निर्यात वृद्धि गर्न र पूर्वाधारमा लगानी बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताइन् ।

प्रकाशित : जेष्ठ १७, २०७९ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?