२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सरकारले इन्टरनेट सेवा शुल्क घटाउने

काठमाडौँ — सरकारले इन्टरनेट सेवा शुल्क घटाउने भएको छ । यसलाई सर्वसुलभ बनाउन शुल्क घटाइने अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमा बताएका छन् । यसका साथै, समग्र दूरसञ्चार सेवालाई अझै गुणस्तरीय बनाइने सरकारको लक्ष्य छ ।

सरकारले इन्टरनेट सेवा शुल्क घटाउने

स्थानीय तहमा ब्रोडब्यान्ड सेवा विस्तार गर्दै लग्ने भनिएको छ । अर्थमन्त्री शर्माले आइतबार आर्थिक विधेयक (बजेट) पेस गर्दै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने जानकारी दिएका छन् । सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउने उनको भनाइ छ । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको चरणमा रहेको उनले बताए ।

आगामी आर्थिक वर्ष २०७९/८० मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ५९ करोड विनियोजन गरिएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?