२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३
बजेट २०७९/०८०

म्यादी प्रहरीका लागि उद्यमशीलता र स्वरोजगार कार्यक्रम सञ्चालन गरिने

काठमाडौँ — सरकारले देशको जनसांख्यिक लाभको रुपमा रहेका युवाहरुको उत्पादनशील क्षमता उपयोग गर्न युवा तथा साना व्यवसायीक स्वरोजगार कोषमार्फत् थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरिने घोषणा गरेको छ ।

म्यादी प्रहरीका लागि उद्यमशीलता र स्वरोजगार कार्यक्रम सञ्चालन गरिने

जसअन्तर्गत म्यादी प्रहरीको रुपमा राष्ट्र सेवामा संलग्न युवाहरुलाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रीत कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री जनार्दन शर्माले बताए ।

आइतबार संसद्‍को संयुक्त बैठकमा आगामी वर्षको बजेट पेस गर्दै यस्तो बताएका हुन् । यस क्रममा अर्थमन्त्री शर्माले म्यादी प्रहरीको रुपमा रहेका युवाहरूलाई लक्षित गर्दै उनीहरूको रुचीको विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराइने बताएका छन् । म्यादी प्रहरीलाई सञ्चित सुरक्षा दलको रुपमा उपयोग गर्न आवश्यक व्यवस्था मिलाइने पनि उनले बताए ।

यस्तै युवाहरूलाई लक्षित गर्दै विभिन्न तालिम र सीपमुलक अवसर प्रदान गरिने अर्थमन्त्री शर्माले बताएका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७९ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?