प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन- समाचार - कान्तिपुर समाचार
बजेट २०७९/०८०

प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरेको छ । यसका लागि ७ अर्ब ५ करोड विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कृषि उत्पदानमा केन्द्रित गरेको बताए । हालसम्म यो कार्यक्रम स्थानीय तहको सिफारिसमा हुने साना निर्माण आयोजना मार्फत रोजगारी दिने गरी कार्यक्रम सन्चालन हुँदै आएको थियो।

‘प्रधानमन्त्री रोजगारीको कार्यक्रमको ढाँचा परिवर्तन गरिनेछ । स्थानीय तहको सहकार्यमा खेतीयोग्य बाँझो जमिन पहिचान गरी रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई यस कार्यक्रम मार्फत कृषि उत्पादन मुलुक क्षेत्रमा रोजगारी प्रदान गरिनेछ’, उनले भने ।

उनले यो कार्यक्रम मार्फत प्रत्येक वर्ष रोजगार सेवा केन्द्र मार्फत दुई लाख सूचीकृतलाई रोजगार प्रदान गरिने बताए ।

चार वर्षदेखि सञ्चालन हुँदै आएको यो कार्यक्रम अन्तर्गत चालु आवको फागुन मसान्तसम्म ७१ हजार ३ सय २४ जनाले आंशिक रोजगारी पाएका छन् । चालु आवमा स्थानीय तहमा ७ लाख ८ हजार दुई सय ८७ जनाले बेरोजगार युवा सूचीकृत भएका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्

साउनभित्र सिंहदरबारबाट एलपी ग्यास विस्थापन गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले साउनभित्र प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारबाट एलपी ग्यास चुलो विस्थापन गर्ने भएको छ । संसदमा आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन महिनाभित्र सिंहदबारका ग्यास चुलोलाई बिजुली चुलोले विस्थापन गर्ने घोषणा गरे ।

उनले सरकारले एलपी ग्यास विस्थापित गर्ने नीति लिइएको बताए । त्यस्तै तीन महिनाभित्र महानगर र उपमहानगरका सार्वजनिक कार्यालय र निवासबाट ग्यास चुलाे विस्थापन गरिने उनले घोषणा गरे । ग्यासमा दिइँदै आएको अनुदान क्रमश घटाइँदै लगिने उनले बताए । करिब १ लाख घरधुरीलाई सुधारिएको चुलाे जडान गर्ने लक्ष्य सरकारले लिएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×