काठमाडौंमा नेवाः संग्रहालय स्थापना गरिने- समाचार - कान्तिपुर समाचार

काठमाडौंमा नेवाः संग्रहालय स्थापना गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले काठमाडौं महानगरपालिकामा नेवाः संग्रहालय स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं महानगरपालिकाको सहकार्यमा नेवाः संग्रहालय स्थापना गरिने बताएका हुन् ।

यस्तै, सरकारले सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र र शेर्पाहरुको शाहासिक पहिचान झल्कने संग्रहालय स्थापना गर्ने भएको छ ।

पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण समिति गुरुयोजना कार्यान्वयन गर्न सरकारले सहयोग गर्ने भएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्

नागढुंगा-सिस्ने खोला सुरुङलाई ५ अर्ब रकम विनियोजन

कान्तिपुर संवाददाता

काठमाडौँ — नागढुंगा–सिस्ने खोला सुरुङ मार्गको आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बजेट व्यवस्थापन गरिएको छ । अर्थमन्त्री जर्नादन शर्माले आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै उक्त सुरुङ मार्गका लागि ५ अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।

उक्त सुरुङको अहिले निर्माणको काम जारी छ ।

त्यस्तै आगामी आर्थिक वर्ष २०७९/८० का लागि राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) का लागि तीन वर्षभित्र सम्पन्न गर्ने गरी ३० अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त रकम फास्ट ट्रयाकका लागि विनियोजन गरिएको बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×