नागढुंगा-सिस्ने खोला सुरुङलाई ५ अर्ब रकम विनियोजन

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नागढुंगा–सिस्ने खोला सुरुङ मार्गको आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बजेट व्यवस्थापन गरिएको छ । अर्थमन्त्री जर्नादन शर्माले आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै उक्त सुरुङ मार्गका लागि ५ अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।

उक्त सुरुङको अहिले निर्माणको काम जारी छ ।

त्यस्तै आगामी आर्थिक वर्ष २०७९/८० का लागि राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) का लागि तीन वर्षभित्र सम्पन्न गर्ने गरी ३० अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त रकम फास्ट ट्रयाकका लागि विनियोजन गरिएको बताए ।

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully