भौतिक मन्त्रालयको बजेट बढ्यो

आगामी वर्षका लागि १ खर्ब ५६ अर्ब बजेट बिनियोजन

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट वृद्धि गरिएको छ । चालु आर्थिक वर्षमा १ खर्ब ५६ अर्ब बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

जसमा सबैभन्दा धेरै बजेट फास्ट ट्रयाकका लागि विनियोजन गरिएको छ । फास्ट ट्रयाकका लागि मात्र ३० अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ ।

भौतिक मन्त्रालय सबैभन्दा बढी बजेट पाउने मन्त्रालयमा पर्छ । चालु आर्थिक वर्षको १० महिना बित्दा विकास खर्च भने सोचे अनुरुप हुन सकेको छैन ।

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully