आगमी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य

ग्रेट हिमालय ट्रेलको लागि ३३ करोड रुपैयाँ विनियोजन

काठमाडौँ — सरकारले आगमी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको बजेटमा यो घोषणा गरेका हुन् ।

आगमी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य

उनले नेपालको विशष्टिता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गरिने बताए । त्यस्तै लिम्बू, राई, थारु, गुरुङ, कुमाल, मगर, हायू राजवंशी लगायतका जनजातीका मुख्य थलो सांस्कृतिक रुपमा मिथिला क्षेत्र, आधुनिकताले नछोएका गाउँहरु र ग्रामिण जीवन विशेष प्राकृतिक स्थल तथा भिन्न प्रकारको संस्कृति एवं रहनसहन भएका क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने सरकारको योजना छ ।

कोभिड १९ महामारीबाट प्रभावित होटल तथा पर्यटन क्षेत्रसम्बद्ध व्यवसायको आर्थिक वर्ष २०७९/०८० को वार्षिक इजाजत र नवीकरण दसतुर छुट दिने व्यवस्था मिलाएको छ भने पर्यटन क्षेत्रको पुनरुत्थानको लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिएको छ ।

यस्तै, भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणको कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्न २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै सरकारले स्थानीय तहको लागत साझेदारीमा २१६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमको लागि ९० करोड रुपैयाा विनियोजन गरेको अर्थमन्त्री शर्माले बताए ।

उनले उच्च हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालय ट्रेलको लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?