२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

त्रिभुवन विमानस्थलको ट्याक्सी वे र दोस्रो टर्मिनल निर्माणका लागि २ अर्ब २० करोड

हवाई पूर्वाधार विकासका लागि १२ अर्ब २४ करोड

काठमाडौँ — सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन गर्न ट्याक्सी वे र दोस्रो टर्मिनल भवन निर्माण गर्ने भएको छ । आर्थिक वर्षक ०७९/८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विमानस्थलको ट्याक्सी वे र दोस्रो टर्मिनल निर्माणका लागि २ अर्ब २० करोड विनियोजन गरिएको जानकारी दिएका हुन् ।

त्रिभुवन विमानस्थलको ट्याक्सी वे र दोस्रो टर्मिनल निर्माणका लागि २ अर्ब २० करोड

यस्तै, आगामी आर्थिक वर्षभित्रमा सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउने पनि उनले बताए ।

हवाइ चाप र यात्रुको विश्लेषणको आधारमा गौतमबुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य बढाइने, धनगढी विमानस्थललाई स्तरोन्नती गरी क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्न सम्भाव्यता अध्ययन गरिने र सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको कार्य अघि बढाउने सरकारले घोषणा गरेको छ ।

अर्थमन्त्री शर्माले उदयपुर विमानस्थलको निर्माण कार्य प्रारम्भ गरिने बताउँदै हवाई पूर्वाधार विकासका लागि १२ अर्ब २४ करोड रुपैयाँ छुट्याएको बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?