बजेट २०७९/८०

हरेक वडामा महिला सभा आयोजना गरिने

काठमाडौँ — सरकारले महिलाहरुको क्षमता विकास र सशक्तीकरणका लागि हरेक वडामा महिला सभा आयोजना गर्ने भएको छ ।

हरेक वडामा महिला सभा आयोजना गरिने

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै वडा तहमा महिला अधिकारसम्बन्धी तालिम, सचेतना र नेतृत्व विकासका लागि महिला सभा आयोजना गरिने बताए ।

उनले महिलाहरूको क्षमता विकास, सीप विकास र उद्यम व्यवसायसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए ।

त्यस्तै, शहरमा लैङ्गिकमैत्री शौचालय निर्माण गर्ने र संघ तथा प्रादेशिक राजधानीहरूमा शिशु स्याहार केन्द्र स्थापना गरिने बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?