हरेक वडामा महिला सभा आयोजना गरिने

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले महिलाहरुको क्षमता विकास र सशक्तीकरणका लागि हरेक वडामा महिला सभा आयोजना गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै वडा तहमा महिला अधिकारसम्बन्धी तालिम, सचेतना र नेतृत्व विकासका लागि महिला सभा आयोजना गरिने बताए ।

उनले महिलाहरूको क्षमता विकास, सीप विकास र उद्यम व्यवसायसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए । 

त्यस्तै, शहरमा लैङ्गिकमैत्री शौचालय निर्माण गर्ने र संघ तथा प्रादेशिक राजधानीहरूमा शिशु स्याहार केन्द्र स्थापना गरिने बताए ।

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully