स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब रूपैयाँ विनियोजन

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब रूपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिएका हुन् ।

स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब रूपैयाँ विनियोजन

उनले जेष्ठ नागरिकलाई विशिष्टिकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न थप २० वटा केन्द्रीय र प्रादेशिक अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था मिलाइने पनि बताए । सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी नि:शुल्क उपलब्ध गराउने व्यवस्था

पनि सरकारले गर्ने भएको छ । त्यसैगरी मृगौला प्रत्यारोपण गरेका तथा डायलाइसिस गराइरहेका व्यक्तिहरु, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्तिहरु र मेरुदण्ड पक्षघात बिरामीहरुलाई औषधी उपचार खर्च बापत् मासिक ५ हजारका दरले उपलब्ध गराउन १ अर्ब ५० करोड रुपैयाँ रकम छुट्याएको उनले बताए ।

मानव विकास सूचांकमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषण खर्च उपलब्ध गराउने पनि सरकारले घोषणा गरेको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?