सामाजिक सुरक्षा भत्ता नलिन स्वघोषणा गर्नेलाई सम्मान

काठमाडौँ — सरकारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नेलाई सम्मान गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सरकारले सामाजिक सुरक्षाको दायरा बढाएपनि त्यस्तो सामाजिक सुरक्षा नलिन स्वघोषणा गर्नेलाई सरकारले सम्मान गर्ने बताए ।

सामाजिक सुरक्षा भत्ता नलिन स्वघोषणा गर्नेलाई सम्मान

उनले ७० वर्ष पुगेपछि ज्येष्ठ नागरिक भत्ता दिने गरिएकोमा आगामी वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भत्ता दिने बताए । उनले शहिद परिवार, घाइते र एकल महिलाको लागि दिदै आएको भत्तालाई निरन्तर गरेको बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?