अब ६८ वर्षमै वृद्धभत्ता‚ साउनदेखि लागू हुने- समाचार - कान्तिपुर समाचार

अब ६८ वर्षमै वृद्धभत्ता‚ साउनदेखि लागू हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — अब ६८ वर्षमै वृद्धभत्ता पाइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । यो व्यवस्था आगामी साउनबाट लागू हुनेछ । 

‘हाल ७० वर्षमाथिको ज्येष्ठ नागरिक समूहलाई दिँदै आएको सामाजिक सुरक्षाभत्ता अब ६८ वर्षमा उपलब्ध गराइने व्यवस्था गरिएको छ,’ अर्थमन्त्री जनार्दन शर्माले, ‘सामाजिक सुरक्षाभत्ता नलिन स्वघोषणा गर्ने हरुलाई सरकारले सम्मान गर्नेछ ।’

आगामी आर्थिक वर्षका लागि सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

लमजुङको कोइलेनीमा टिपर दुर्घटना, ४ को मृत्यु

मृत्यु भएकामध्ये १ जनाको मात्रै सनाखत
आश गुरुङ

लमजुङ — लमजुङको मध्यनेपाल नगरपालिका-७ कोइलेनीस्थित मध्यपहाडी लोकमार्गमा टिपर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मध्यनेपालकै कल्याङबेंसीबाट रामबजारतर्फ आउने क्रममा ढुंगा लोड भएको टिपर दुर्घटनामा परेर सवार ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर लक्ष्मण पचभैयाका अनुसार आइतबार अन्दाजी ३ बजेतिर बा४ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मृत्यु भएकाहरु सबै मध्यपहाडी लोकमार्ग निर्माणमा खटिएकाहरु रहेको उनले बताए । उनका अनुसार उद्दार कार्य जारी रहेको र मृतकको पहिचान खुलिसकेको छैन । मृतक सबै पुरुष हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्पसेक्टर जगदशी रेग्मीका अनुसार टिपर मध्यपहाडी लोकमार्गको सडकबाट करिब ३० मिटर तल खेतमा खसेको थियो । उनका अनुसार मृतक ४ जनामध्ये हालसम्म चालकको मात्रै पहिचान खुलेको छ । चालक धादिङको गजुरी गाउँपालिका- ६ घर भएका अन्दाजी २७ वर्षका आकाश घिमिरे रहेको उनले बताए ।

टिपरले च्यापिएर मृत्यु भएकाको शव निकालिएको र उनीहरुमध्ये ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×